Logo

शेयर बजारलाई फलिफाप हुँदै निषेधाज्ञा , आज यी कम्पनीको सर्किट लेभलमा कारोबार



काठमाडौं, १९ बैशाख । तिव्ररुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा शेयरबजारलाई भने उपलब्धीमुलक देखिएको छ । आज नेप्से परिसुचक ५४ अंकले बढेर २६ सय ६५ दशमलव १० विन्दुमा पुग्दा ७ अर्ब ३६ करोड ८ लाख भन्दा बढीको कारोबार भएको छ ।

आज केही कम्पनीको सकिर्ट लागेका छन् । महिला लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशतले सर्किट लागेको छ । संस्थाको शेयरमुल्य प्रतिकित्ता ३१२ रुपैयाँले बढेर ३४ सय ३७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिशालबजार कम्पनीको ९.९८ प्रतिशतले सर्किट लागेको छ । कम्पनीको शेयरमुल्य प्रतिकित्ता ५ सय ९ रुपैयाँले बढेर ५६ सय ८ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्