काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेश सभाका ४२ सांसदले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष शंकर पोखरेललाई मुख्यमन्त्रीको रुपमा सपथ नगराउन माग गरेका छन् । उनीहरुको पत्र प्रदेश प्रमुख यादवले बुझिसकेका छन् । उनीहरु सशरिर प्रदेश कार्यालयमा उपस्थित् थिए ।



४२ जना सांसदहरुले नयाँ सरकार गठनको लागि दाबी समेत प्रस्तुत गरेका छन् । अहिले उनीहरु प्रदेश प्रमुखको कार्यालयमा रहेको एक हलमा जम्मा भएका छन् । उनीहरुले प्रदेश प्रमुखलाई दुई घण्टाको समय पनि दिएका छन् । त्यतिञ्जेलसम्म त्यही हलमा बस्ने पनि उनीहरुले जनाएका छन् ।




प्रतिक्रिया