Logo

विष्णु रिजालको दाबी : अब बाँकी दुईवर्ष केपी ओलीकै निरन्तरता वा मंसिरमा चुनाव भन्ने तय गर्नेछ



काठमाडौं, १९ बैशाख । नेकपा (एमाले) का नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेर गरेको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रिजालले यस्तो बताएका हुन् । आज बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफूले यही बैशाख २७ गते विश्वासको मत लिने कुरा मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

उनले लेखेका छन्–‘संवैधानिक बाध्यता नभए पनि संसदबाट विश्वासको मत लिन खोजेर @kpsharmaoli  ले सरकारको राजीनामा माग्ने तर अविश्वास प्रस्ताव ल्याउने आँट नभएर अनिर्णयका बन्दी भइरहेका विपक्षीलाई पनि निकास दिन लाग्नुभएको छ। आशा गरौं- यसबाट देशले बॉकी २ बर्ष उहॉकै निरन्तरता वा मंसिरमा चुनाव भन्ने तय गर्नेछ।”



प्रतिक्रिया दिनुहोस्