Logo

आजरातिदेखि आन्तरिकतर्फका सबै उडान बन्द



काठमाडौं, बैशाख २० । सरकारले सोमवार (आज) रातिदेखि लागू हुने गरी आन्तरिकतर्फका सबै उडान बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सोमवार रातिदेखि आन्तरिक उडान र २२ गते अर्थात् भोलि मंगलवारदेखि भारतसहित तीन देशबाट हुने सबै उडान स्थगित गर्ने निर्णय भएको बैठकमा सहभागी कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।

उनका अनुसार मंगलवारदेखि भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि स्थगन गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को सिफारिशमा बैठकले यस्तो निर्णय गरेको छ । पछिल्लो समयमा अत्यधिक मात्रामा कोरोना संक्रमित देखा परेसँगै सरकारले आन्तरिक र बाह्य उडानहरू स्थगन गरेको हो ।

आइतवार नै नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघका अधिकारीहरूबीच भएको छलफलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमवारदेखि १ घण्टामा जम्मा तीनओटा मात्रै उडान गर्ने निर्णय गरेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्