Logo

समता लघुवित्तको २० प्रतिशत बोनस शेयरधनीको खातामा



काठमाडौं, २० बैशाख । समता घरेलु लघुवित्त संस्था लिमिटेडले २० प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा गरेको छ । पुस १४ गते भएको साधारण सभाबाट पारित भएको उक्त बोनस शेयरधनीको हितग्राही खातामा जम्मा गरेको सस्थाले जनाएको छ ।

यसको साथै सस्थाले पुससम्म अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको र त्यसपछि अभौतिकिकरण गराएका शेयरधनीहरुको क्रमशः जम्मा गरिने भन्दै गराउन बाँकी शेयरधनीहरुलाई पनि अभौतिकिकरण गर्न समेत आग्रह गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्