काठमाडौं, २० बैशाख । निषेधाज्ञाको समयमा एनआईसी एशिया बैकका ग्राहकले ५ वटा अनलाईनबाट सामान किन्दा छुट पाउने छन् । बैंकको अनुसार निषेधाज्ञाको समयमा बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको हो ।
यो योजना २०७८ वैशाख ३१ सम्म मात्र लागू हुने छ । बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपीन फुड्स् एण्ड टुर्सबाट दैनिक अत्यावश्यक सामग्रीहरू खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
यसका लागि ग्राहकले बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ मार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।




प्रतिक्रिया