Logo

कमल थापाको टिप्पणी : कांग्रेस र जसपा अग्निपरीक्षामा छन्



काठमाडौं, २० बैशाख । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको निकास भनेको निर्वाचनमात्रै भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कुराको स्वागत गरेका छन् । उनले प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि विद्यमान राजनीतिक विकृति तथा अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको पनि टिप्पणी गरेका छन् ।

 

उनले लेखेका छन्–‘प्रम@kpsharmaoli  ले संसदमा बिश्वासको मतलिने भएपछि विद्यमान राजनीतिक विकृति/अस्थिरता अन्त्यगर्ने अवसर फेरि प्राप्त भएकोछ।नयाँ चुनाव नै त्यो अवसर हो जनतामा गएर प्रजातन्त्रको रक्षागर्ने वा भ्रष्ट कम्युनिष्ट घटकसंग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने।कंग्रेस र जसपा अग्निपरीक्षामा छन्”



प्रतिक्रिया दिनुहोस्