Logo

माधव नेपाल पक्षधरले फ्लोर क्रस गरे भोलिपल्टै सांसद पद जान्छ : थापा (भिडिओसहित)



काठमाडौं, २० बैशाख । नेकपा (एमाले) का प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री कर्ण बहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले बुहमत सिद्ध गर्नको लागि यही बैशाख २७ गते विश्वासको मत लिन लागेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

उनले भने,‘नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव राख्नै सकेन । नेताहरुले किन अविश्वासको प्रस्ताव राख्न सक्नुभएन ?’ उनले अब राजनीतिक कोर्स अब सही ट्रयाकबाट अघि बढ्ने विश्वास दिलाए । उनले कांग्रेसलाई पनि प्रष्ट एमाले र प्रधानमन्त्री ओलीले पार्नुपर्ने अवस्था भएको सुनाए । माधव नेपाल पक्षधरले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पनि विश्वास दिलाए । उनले भने,‘विश्वासको मत प्रधानमन्त्रीले माग्नुभएको छ, उहाँमा कति धेरै कन्फिडेन्स छ, त्यो हेर्नुहोस न ।’



प्रतिक्रिया दिनुहोस्