Logo

सुशान्तकी प्रेमिका रियालाई साउथ फिल्ममा स्वागत



एजेन्सी, २० बैशाख । बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधनसँगै उनकी प्रेमिका रिया चक्रवर्तीको जीवनमा पनि भुइँचालो आयो । सुशान्तको निधनपछि रियालाई लागेको आरोपले उनको व्यक्तिगत तथा प्रोफेशनल जीवन दुवैमा असर गरेको छ ।

प्रेमीको निधन भएसँगै रियाको जिन्दगीमा उथलपुथल चलिरहेको छ । उनलाई बलिउड जगतबाट नै किनारा लगाउन खोजिएको देखिएको छ । तर अब भने रियालाई साउथ फिल्म उद्योगबाट नयाँ प्रोजेक्टको लागि अफर आएको समाचार आएको छ ।

तेलुगु फिल्मका ए–लिस्ट कलाकार अंध्राले रियासँग काम गर्ने इच्छा देखाएको बुझिएको छ । उनले एक कार्यक्रममा बोल्दै रियालाई साउथ फिल्ममा स्वागत गर्न आतुर रहेको बताए । उनले रिया प्रतिभाशाली र मायालु कलाकार भएको धारणा राखे । उनले अरु बलिउड कलाकारहरुले जसरी रियाले फि नलिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्