Logo

केपी ओली हटाउनुको विकल्प छैन्, हामी अविश्वासको प्रस्तावको तयारी गर्दैछौं : सञ्जय गौतम (भिडिओसहित)



काठमाडौं, २० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानून मिच्दै हिँडेको टिप्पणी गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो ठाउँमा पुर्याउनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको ठूलो हात रहेको भन्दै उनलाई दोषी ठहर्याए ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले जसपाको माग आफूहरुले पूरा गर्ने पनि विश्वास दिलाए । उनले प्रधानमन्त्री ओलीलाई हटाउनको लागि कांग्रेसले अविश्वासको प्रस्तावको तयारी गरिरहेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्