Logo

नेपाली सेनालाई एक हजार शैयाको अस्थायी अस्पताल बनाउन निर्देशन



काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई एक हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएका छन् । आज देशवासीका नाममा सम्बोधन गर्दै उनले यसको जानकारी दिएका हुन् ।

देशमा कोरोना भाइरसको महामारी फैलिएपछि उनले राजधानीलगायत प्रदेशहरुमा एक हजार शैयाको अस्पताल बनाउन निर्देशन दिएका हुन् । ओलीले भने,‘ नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शैयाको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ ।’



प्रतिक्रिया दिनुहोस्