Logo

नियन्त्रित लागूऔषध सहित पक्राउ



काठमाडौं, २० बैशाख । नियन्त्रित लागूऔषध सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं डल्लुबाट नियन्त्रित लागूऔषध ६३ एम्पुल नुर्फिन, ५८ एम्पुल डाइजेपाम र ६५ एम्पुल फेनारगन सहित २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा बैतडी डिलासैनी गाउँपालिका–३ स्थायी ठेगाना भएका २८ वर्षीय प्रेम राम ओड र दार्चुला महाकाली नगरपालिका–९ स्थायी ठेगाना भएका २७ वर्षीय नरेन्द्र सिंह नगारी रहेका छन् ।

बा.३२ प ३०५७ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरूमाथि लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको उक्त ब्यूरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्