Logo

चट्याङ लागेर वडासदस्यको मृत्यु



बैतडी, बैशाख २१ । बैतडीमा चट्याङ लागेर वडासदस्यको मृत्यु भएको छ । हिजो राती साढे ८ बजे परेको चट्याङले पञ्चेश्वर गाउँपालिका ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको हो ।

घर नजिकैको अन्न पिध्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्