Logo

माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा दिनेगरि छलफलमा !



काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु आकस्मिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभामा यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेको बेलामा माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिन लागेका हुन् । एमालेसँग अहिले १२१ जना सांसद छन् ।

प्रधानमन्त्री ओलीलाई बहुमतको लागि थप १५ सांसदको आवश्यक छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षधरले साथ दिने वचन दिएपछि प्रधानमन्त्री ओली विश्वासको मत लिने तयारीमा जुटेका हुन् । तर, एमालेभित्रको आन्तरिक किचलोको कारण ओलीले बहुमत प्राप्त गर्ने सम्भावना नरहेको कतिपयको विश्लेषण छ । यसैबीच अब कसरी अघि बढ्ने ? भन्नेबारे छलफल गर्न माधव पक्षधर सांसदहरु आज छलफलमा जुटेका छन् ।

माधव नेपालपक्षधर उच्च स्रोतले जनाएअनुसार आजबाट आफ्नो पक्षधर २१ जना सांसदले राजीनामा दिने तयारी थालेका छन् । माधव पक्षले २१ जनाले राजीनामा दिए अब बहुमतको लागि १२४ मात्रै भए पुग्छ । नेपाली कांग्रेससँग ६१, नेकपा माओवादी केन्द्रसँग ४९ सांसद छन् । कांग्रेस र माओवादीको सांसद संख्या ११० पुग्छ । उता, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधरले मात्रै साथ दिए पनि बहुमत पुग्ने आँकलन गरिएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्