प्रधानमन्त्री ओलीलाई मत दिनको लागि ठाकुर–महतो पक्षले सांसदहरुको हस्ताक्षर संकलन गरायो


काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीलाई जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले सघाउने निर्णय गरेको छ ।

ठाकुर पक्षको आज बसेको छुट्टै बैठकले ओलीलाई विश्वासको मत दिनेगरि सांसदहरुको हस्ताक्षर संकलन गरेको हो । ठाकुर पक्ष एक नेताकाअनुसार हिजो र आज गरेर सांसदहरु र कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलन भैसकेको छ । तर, ती नेताकाअनुसार हस्ताक्षर भने खाली कागजमा गराईएको छ ।

देशी/विदेशी शक्ति पैसाको झोलासहितको गाडीमा केही जसपा सांसदको घरदैलो गर्दैछ : पाण्डे

यसअघि अर्का अध्यक्ष उपेन्द्र यादवले पनि खाली कागजमा आफू पक्षधर सांसदहरु र कार्यकारिणी सदस्यहरुको हस्ताक्षर गरिसकेका छन् । यादव पक्षले आफ्नो पक्षमा १८ जना सांसद र कार्यकारिणी समितिमा २८ जनासहित बहुमत रहेको दाबी गर्दै आएका छन् । File Photo/ReportersNepal