Logo

प्रकाश ज्वाला भन्छन् : ‘सत्य र निष्ठाको लागि विद्रोह गर्न जतिबेला पनि तयार छु’ (अपिलसहित)



काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य प्रकाश ज्वालाले आफूहरुले पार्टी केन्द्रको निर्णयअनुसार बनेको सरकारको पक्षमा मतदान गरेको स्पष्ट पारेका छन् । उनले भनेका छन्–‘यो कुनै फ्लोर क्रस होईन, पार्टी निर्णयको कार्यान्वयन हो । यो प्राविधिक र व्यक्तिगत विषय पनि होईन, यो राजनीतिक निर्णय हो ।’ आज एक अपिल जारी गर्दै नेता ज्वालाले यस्तो स्पष्ट पारेका छन् ।

उनले कर्णाली प्रदेशसभामा सरकारले विश्वासको मत लिने क्रममा भएको मतदानको विषयलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणी गरिएकोप्रति आफ्नो ध्यानाकार्षण भएको जनाएका छन् । उनले भनेका छन्–‘पार्टीको एक जिम्मेवार कार्यकर्ता र सल्यान ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्यको हैसियतमा भ्रमपूर्ण प्रचारलाई चिर्न र वास्तविकता प्रष्ट पार्न मेरो सम्मानित मतदाता, आम जनसमूदाय र पार्टी पँक्तिमा यो अपिल जारी गरेको छु।’

उनले आफूमाथि लागेका आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे । अन्याय सहन र आत्मसमर्पण गर्न कम्युनिष्ट पार्टी नरोजिएको पनि पनि उनको भनाई छ । उनले भनेका छन्–‘सत्य र निष्ठाको लागि विद्रोह गर्न जतिबेला पनि तयार छु ।’

 



प्रतिक्रिया दिनुहोस्