Logo

यौन दुर्व्यवहार गरेको आरोपमा पुरुष पक्राउ



ओखलढुंगा, २१ बैशाख । यौन दुर्व्यवहार गरेको अभियोगमा ५० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सुनकोशी गाउँपालिका(४ डिन्डुक टोल बस्ने ५० वर्षीय सुइमरे भन्ने राजेन्द्र राई सोमबार दिउँसो पक्राउ परेका हुन् ।

राजेन्द्रले ती किशोरीलाई गत बुधबार यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot