Logo

अजय देवगनको सर्वाधिक रुचाइएको ‘दृश्यम २’ हिन्दी रिमेक बन्ने



एजेन्सी, २१ बैशाख । बलिउडका चर्चित अभिनेता अजय देवगनद्वारा अभिनित फिल्म ‘दृश्यम’लाई अत्यधिक रुचाइएको थियो । यो फिल्मले अहिले पनि च्यानलहरुमार्फत राम्रो आम्दानी गर्दै आएको छ ।

सर्वाधिक रुचाइएको फिल्मको अब भने दोस्रो भाग बन्ने भएको छ । दृश्यम मलयालम फिल्मको रिमेक थियो । अभिनेता मोहनलालले फिल्मको दोस्रो भाग बनाउने भएका हुन् । फिल्म ओटीटी प्लेटफर्ममा देखाउने वेबदुनियाँले जनाएको छ । अब बन्ने फिल्मको दोस्रो भाग हिन्दीमा बन्ने भएको छ ।

पैनोरमा स्टुडियोज इन्टरनेशनलले हिन्दी रिमेकको राइटस् खरिद गरेको छ । पैनोरमा स्टुडियोका कुमार मगतले द्दश्यम २ को सफलता पछि दोस्रो भाग पनि हिन्दीमा बनाउने प्रतिवद्वता गरेका छन् । अब निर्माण हुने दृश्यम २ मा लिड रोल कस्ले निभाउने भन्ने बारे चाँही हाल सम्म आधिकारीक रुपमा घोषणा भएको छैन् ।



प्रतिक्रिया दिनुहोस्