Logo

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं, २१ बैशाख । आज शेयरबजार सामान्य अंकले बढेको छ । सोमबारको तुलनामा भने आज शेयर कारोबार कम भएको हो । मंगलबार ६ अर्ब ५२ करोड २३ लाख ६ हजार ८११ रुपैयाँ बराबरको १ करोड ३ लाख १५ हजार १८३ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज समता लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशतले सर्किट लागेको छ । संस्थाको आज ५५ रुपैयाँले शेयरमुल्य बढेर ६०५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, महिला लघुवित्त संस्था लिमिटेडको १० प्रतिशतले शेयरमुल्य वृद्वि भएको छ । ३ सय ७८ रुपैयाँले प्रतिशेयर मुल्य बढेर ४१ सय ५८ रुपैयाँ कायम भएको छ ।

आज बिशाल बजार कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, रुरु जलविद्युतको ९ प्रतिशत भन्दा बढी सर्किट लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्