Logo

एनसीसी बैंकको आज २३ करोड बढी कारोबार



काठमाडौं, २१ बैशाख । मंगलबार (आज) २३१ कम्पनीको ६८ हजार ३१९ पटक कारोबार भएर ६ अर्ब ५२ करोड २३ लाख ६ हजार ८११ रुपैयाँ बराबरको १ करोड ३ लाख १५ हजार १८३ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

आज एनसीसी बैंकको कारोबार सर्वाधिक भएको छ । बैंकको ३६८ रुपैयाँ प्रतिशेयर मुल्य कायम भई आज २३ करोड ९ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, अरुण कावेली पावरको २१ करोड ८३ लाख, ग्रामिन विकास लघुवित्तको १८ करोड र निफ्राको १६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्