Logo

काँग्रेस र माओवादी आन्तरिक बैठकमा, के निर्णय आउला ?



काठमाडौं, २१ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको आन्तरिक बैठक चलिरहेको छ । दुवै पार्टीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने कदमलाई ट्याकल गर्नेबारे छलफल भइरहेको छ ।

दुवै पार्टीको बैठक अघि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । दुवै नेताले भावी रणनीतिबारे सहमति निकालेर आन्तरिक बैठकमा सहभागी भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिन प्रस्तुत भएपछिको अवस्थामा मिलेर बढ्नेबारे देउवा र प्रचण्ड सहमत भएका छन् । तर, त्यसपछि अवस्था आफ्नो पक्षमा पार्न दुवै नेताले जनता समाजवादी पार्टीको साथ लिनुपर्ने हुन्छ । त्यसका लागि पनि गृहकार्य बढाउने गरी नेताद्वय अगाडि बढेका छन् ।

जसपालाई साथमा लिन देउवा र प्रचण्डले बोल्ड निर्णय गर्नसक्ने बुझिएको छ । जसपा ओलीलाई साथ दिने या नदिने विषयमा ठूलो विवादमा छ ।

यसैगरी, नेकपा एमालेका माधव नेपाल पक्षधर २१ सांसदहरु राजीनामाको तयारी अवस्थामा छन् । उनीहरुले राजीनामा दिएर ओलीविरुद्ध बहुमतको अर्को सरकार गठनको तयारी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्