Logo

कर तिर्ने म्याद थप गर्न नेपाल सरकारसँग चेम्बरको माग



काठमाडौं, २१ बैशाख । नेपाल चेम्बर अफ कर्मसले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न नेपाल सरकार समक्ष माग गरेको छ । काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा संक्रमण बढ्न नदिन जारी गरिएको निषेधाज्ञामा कर तिर्ने समय थप गर्न आग्रह गरेको हो ।

चेम्बरले काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको भन्दै कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले म्याद थप गर्न सरकारसँग आग्रह गरेको जनाएको छ ।

चेम्बरको अनुसार उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नभएकोले सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर रकम दाखिला गर्न नसकिने बताउदै आवश्यक म्याद थप गर्न सरकारसमक्ष माग गरेको हो ।



प्रतिक्रिया दिनुहोस्