Logo

सरकारले किन ल्यायो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश



काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सातवटा अध्यादेश जारी गरेकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सिफारिश गरिएका सातवटा अध्यादेश जारी गरेकी हुन् ।

अध्यादेशहरुमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधी अध्यादेश, संवैधानिक परिषद्, सामाजिक सुरक्षा, नेपाल प्रहरी र प्रदेश प्रहरीका अलावा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश छन् ।

आज जारी भएको अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई निकै चासोका साथ हेरिएको छ । यसअघि पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर ऐन संशोधन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार, निर्वाचन आयोगलगायतका महत्वपूर्ण निकायमा पदाधिकारी नियुक्त गरेका थिए । यसपटक पनि लोकसेवा आयोगमा पदाधिकारी रिक्त छन् । विभिन्न संवैधानिक निकायमा पदहरु रिक्त छन् । त्यहाँ नियुक्तिका लागि अध्यादेश ल्याइएको बुझिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश पनि ल्याइएको छ । यसमा पनि चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्