Logo

एम्पुल फेनारगन सहित २ जना पक्राउ



काठमाडौं, २१ बैशाख । नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१८ डल्लुबाट नियन्त्रित लागूऔषध ६३ एम्पुल नुर्फिन, ५८ एम्पुल डाइजेपाम र ६५ एम्पुल फेनारगन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बैतडी डिलासैनी गाउँपालिका(३ स्थायी ठेगाना भएका २८ वर्षीय प्रेम राम ओड र दार्चुला महाकाली नगरपालिका(९ स्थायी ठेगाना भएका २७ वर्षीय नरेन्द्र सिंह नगारी रहेका छन् ।

बा.३२ प ३०५७ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ । उनीहरू माथि लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्