Logo

अध्यादेशमार्फत शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक : देउवा



काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारल संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै कडा आपत्ति जनाएका छन् ।

आज साँझ एक विज्ञप्ती निकाल्दै सभापति देउवाले भनेका छन्,–‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्