Logo

राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो : गगन थापा



काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता, सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् छलेर अध्यादेश जारी गर्नु अराजनीतिक भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीको यो कदमलाई संविधानको मर्म विपरित भएको पनि बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले लेखेका छन्–‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ।राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’

अध्यादेशमार्फत शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक : देउवा

कांग्रेस बैठक सम्पन्न : प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल पार्ने निर्णय



प्रतिक्रिया दिनुहोस्