Logo

प्रधानमन्त्री ओलीलाई हटाउँछौं : कांग्रेस सांसद रसाईली (भिडिओसहित)



काठमाडौं, २२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा संसदमा विश्वासको मत नपाउने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल बनाउने निर्णय गरिसकेको बताउँदै आफूहरु सफल हुने दाबी गरे । यसअघि पनि आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरिसकेको तर प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा नदिएको उनले सुनाए । उनले प्रधानमन्त्री ओलीकै पालााम जसपाका नेता तथा कार्यकर्तामाथि धेरै मुद्दा लागेको पनि सुनाए ।

प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रबाट एकमतले साथ नदिने टिप्पणी गरे । उनले आफूहरु प्रधानमन्त्री ओलीलाई हटाउने तयारीमा जुटिसकेको बताए । र, यो सम्भव रहेको पनि सुनाए । यसको लागि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच कुराकानी भैरहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्