Logo

ओली हटाउने अन्तिम कसरत : हात्तिवनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता



काठमाडौं, २२ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव कुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । यादवको हात्तिवनस्थित् निवासमा भेटवार्ता जारी रहेको यादवनिकट उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि प्रधानमन्त्री ओलीलाई असफल तुल्याउनको लागि दाहाल, नेपाल र यादवबीच भेटवार्ता भएको हो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र कांग्रेसले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन असफल पार्ने निर्णय गरेपछि शेरबहादुर देउवासहित दाहाल, नेपालर यादवबीच हिजो साँझ भेटवार्ता भएको थियो । हिजो भेटमा देउवाले नेता नेपालसँग पहिला आफू पक्षधर सांसदहरुको राजीनामा दिएपछि मात्रै अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएपछि आज दाहाल, नेपाल र यादवबीच छलफल भएको हो ।

माधव नेपाल पक्षधर सांसदहरुमध्ये कम्तिमा २० जना प्रत्यक्ष निर्वाचित सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् । माधव नेपाल पक्षधर सांसदले राजीनामा दिएपछि ओलीलाई बहुमत जुटाउन कठिन हुने उनीहरुको विश्लेषण छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षको समर्थन लिन खोजिरहेका छन् । तर, जसपामा यादव पक्षधर बहुमतमा रहेको दाबी गरिएको छ ।  File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्