Logo

प्लाज्मा थेरापी के हो ? यस्ता छन् फाइदा/बेफाइदा



काठमाडौं, २२ बैशाख । वास्तवमा प्लाज्मा रगतको एक भाग हो । यो शरीरमा करीब ५२ देखि ६२ प्रतिशतसम्म हुन्छ । यसको रंग पहेलो हुन्छ । यो रगत भन्दा फरक हुन्छ । कोरोना संक्रमणमुक्त भएका व्यक्तिमा एन्टिबडी विकसीत भइसकेको हुन्छ । संक्रमणमुक्त भएका व्यक्तिहरुको शरीरबाट निकालिएको रगत प्लाजाबाट अलग्गै राखिन्छ । सोही रगत भाइरस संक्रमित व्यक्तिलाई चढाइन्छ ।

प्लाज्मामा एन्टीबडी बनेको हुन्छ त्यसकारण संक्रमित व्यक्ति पनि चाडैनै रिकवर हुन्छन् । चिकित्सकको अनुसार एक व्यक्तिको प्लाज्माबाट २ व्यक्ति ठिक हुन्छन् । एक व्यक्तिको अर्को व्यक्तिलाई रगत दिएपछि ती व्यक्तिको प्लाज्मा अर्को व्यक्तिलाई चढाउने प्रक्रियालाई कंवलसेन्ट भनिन्छ ।

प्लाज्मा थेरापीको फाइदा

-प्लाज्मा थेरापीले खोपको तुलनामा चाडो काम गर्छ । किनकी यसमा एन्टीबडी तयारी अवस्थामा हुन्छ भने खोपले हाम्रो शरीरमा एन्टीबडी तयार गर्न समय लाग्छ ।
-प्लाज्मा कोरोना संक्रमण मुक्त भएको १४ दिनपछि ब्लड डोनेट गर्न सकिन्छ ।
-एक पटक प्लाज्मा डोनेट गर्दा २ जनालाई सहयोग हुन्छ ।
-प्लाज्मा थेरापीले संक्रमण सकिने होइन तर प्रतिरक्षा प्रणाली बलियो बनाउने हो । यसले भाइरसको विरुद्व एन्टीबडी बनाउछ ।

प्लाज्मा थेरापीको यस्ता छन् बेफाइदा

-प्लाज्मा थेरापी एक उपचारको प्रक्रिया हो तर हालसम्म डब्लु एच ओ ले मान्यता दिएको छैन् । किनकी हालसम्म यसको प्रयोगले राम्रो परिणाम आएको छैन् ।
-प्लाज्मा थेरापीपश्चात रिएक्सनको खतरा बढ्छ । एलर्जी, फोक्सो, सास फेर्न गाह्रो हुने, हेपाटाइटस बी र सी को रिएक्सनमा खतरा बढाउनुको साथै सबैभन्दा ठुलो रोग एचआइभीको पनि     खतरा बढाउन सक्छ ।
-गर्भवती महिला, डायबेटिजका बिरामी, मु्टुका बिरामी, कलेजोका बिरामी, लिवरका बिरामी र क्यान्सरका बिरामीले प्लाज्मा डोनेट गर्न हुँदैन । एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम