Logo

‘कोरोनाबाट बच्नको लागि अहिले मुख्य र दिगो उपाय भनेको त भ्याक्सिन नै हो’ : डा. दिक्षित



बरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारले सबै नागरिकमा कोभिडविरुद्धको भ्याक्सिनको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । तर, सरकारले त्यतातिर खासै चासो नदेखाएको भन्दै उनले गुनासो पोखेका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दिक्षितले भनेका छन्–‘अहिले मुख्य र दिगो उपाय भनेको त भ्याक्सिन नै छ । यतातिर सरकारले पर्याप्त ध्यान दिओस् ।’ प्रस्तुत छ डा. दिक्षितसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पदित अंश :

कोरोनाका कारण देश अस्तव्यस्त भयो, नागरिक विचल्लीमा छन्, अनि तपाँईहरु कहाँ हुनुहुन्छ ?

म क्लिनिकमा छु । विरामी हेर्दैछु । यस्तो बेलामा सरकारले गम्भीर भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । हामी नागरिकले पनि स्वास्थ्य–सुरक्षाका मापदण्ड पूरा गर्नुपर्छ ।

यतिबेला सरकार कहाँ छ त?

सरकार त कहाँ छ भन्ने कुरा प्रधानमन्त्रीको देशवासीको नाममा गरेको सम्बोधन सुनिहाल्नु भयो । त्यो भाषण मलाइ कस्तो लाग्यो भने अब सबै तिरबाट क्रिटिसिजम आयो, दनादन सबैतिरबाट हस्पिटल पनि हामी लिन्छौँ । सबै कलकारखाना पुल खाली ठाँउ जे÷जे छन सबै हामी लिन्छौँ । यसरी नै हिजो कोरोनाको व्यवस्थापन गछौँ भन्नुहुन्थ्यो । त्यसरी प्रधानमन्त्रीले बोल्ने कुरा होईन क्या ? स्वास्थ्य मन्त्रालयले पुरा होमवर्क गरेर हस्पिटलहरु पुरा लिईदिएपछि त पैसा कस्ले तिर्ने ? जस्तै कुनै प्राईभेट हस्पिटल अहिले टोटल कोरोनाको हस्पिटल बन्यो भने त उनीहरुको आम्दानी त जेरो भयो । आखिर उनीहरुले पनि त बैँकको लोन त तिर्नुपर्छ । त्यो कोरोनाको हरेक विरामी आउने पैसा कस्ले तिर्छ । के सरकारले तिर्छ ? यो सबै कुरा विचार गरेर हस्पिटलहरुसंग सहकार्य गरेर भन्नुपर्छ ।

प्रधानमन्त्रीले स्पष्ट भन्नुभएको छ ? जनताको जीवन सबैभन्दा ठुलो कुरा हो ? त्यसैले सबै ठुला हस्पिटलहरुलाई कोरोनाको अस्पताल बनाउनुपर्छ भनेर भन्नुभएको छ नि ?

ठीक कुरा हो । यो एकदम राम्रो हो । तर, त्यो हस्पिटललाई पनि केही दिनुपर्यो नि । त्यहाँ डाक्टरहरु कसरी राख्ने ? उनीहरुले उभ्याएको अस्पतालमा सरकारले भोगचलन गर्ने भयो । तिनिहरुलाई व्यवस्थापन कसरी गर्ने त्यहाँ नर्सहरु र डाक्टरहरु कसरी राख्ने, उनीहरुलाई हरेक विरामीको कति पैसा लाग्छ? त्यसको हामी यसरी दिन्छौँ भनेर पहिले त सुनिश्चितता गरिदिनुपर्छ । उनीहरु आँत्तिउर सटडाउन नै गरिदिन्छन नि ।सरकारी हस्पिटलले त धान्छ । किनकी सरकारले पैसा दिन्छ । प्राईभेटले कसरी धान्ने भन्या ?

महामारी रोकथाममा सरकारले सबै संयन्त्रहरु परिचालन गर्ने भनेर प्रधानमन्त्रीले बताउनुभएको छ नि ?

त्यो त सही हो । तर, अहिले सबैतिर वायुसेवा बन्द गरेर भारतसँगको हवाई सेवा किन खोलेको त ? कोरोना संक्रमित त धेरै अहिले भारतको छ । हप्ताको दुईवटा उडान भारतमा गएपछि सबै कारोना फर्केर आउँछ नि यहाँ, यो कस्तो कुरा हुन्छ ? फेरि यो त नचाहिने कुरा हो । अरु सबै देशहरुले भारतबाट उडान बन्द गरिसक्यो । हामीचाहीँ मजाले खोलेर बस्छौँ । यो कहाँको कुरा हो ?

जनता संकटमा छन, तर सरकारलाई विश्वासको मत चाहिएको छ, देशमा अब सांसद खरिद–बिक्रिको खेल सुरु भयो भन्ने पनि आवाज सुनिन थाल्यो नि ? तपाईँको भनाई के छ ?

त्यही त मजस्तो मामुली मान्छेले बुझ्नसक्ने यो वेला देशमा यस्तो आक्रमण हुदाखेरि हामी एकजुट भएनौँ ।

के अब जनता सडकमा आउनुपर्ने भएकै हो त ?

त्यही त सरकारलाई फाईदा भएको छ । यतिबेला जनाता सडकमा आउन भएन नि । जनता काहीँपनि सडकमा आउनै हँुदैन अहिले । अस्ति नै त्यत्रो भेला गरेर हामीलेनै ठुलो गल्ति ग¥यौँ भनेको माईतीघरमा धेरै जनता भेला गरेर हामीले त कति गल्ति ग¥यौँ भने अब हामी पनि सडकमा उत्रिने त्यो त लकडाउन गर्नुपनि पर्यो । यस्तो संक्रमण भईसक्यो । सरकारले कम्तिमा भ्याक्सिन ल्याउने त बन्दोबस्तो गर । आँफै अहिले हेर्नुहोस यो टायममा आएर भ्याक्सिन बन्दै गरिदियो । अहिले भ्याक्सिन बन्द गर्ने होईन त्यो अर्को तरिकाले दिनुपर्यो । जति भ्याक्सिन दियो उत्तिनै हामीलाई फाईदा हुन्छ । अब त घर–घरमा टोल–टोलमा झुण्डका झुण्ड स्वास्थ्यकर्मीहरु र भ्याक्सिन घरघरमा दिनुपर्यो । केही सेन्टर बनाउँदाखेरि हजारौँ संख्यामा आउँछन । त्यस्तो नगरेर घर–घरमा, टोल–टोलमा गएर भ्याक्सिन दिनुपर्यो । यहाँ त भ्याक्सिन नै छैन, चीनबाट भ्याक्सिन ल्याउने भन्छ कहिले आउने हो ? रसियाबाट ल्याउने भन्छन्, अहिलेसम्म आएको छैन । ईन्डियाले दिनसक्दैन । अहिले हेर्नुहोस् लकडाउनमात्रै अचुक उपाय होईन, अहिले मुख्य र दिगो उपाय भनेको त भ्याक्सिन नै छ ।



प्रतिक्रिया दिनुहोस्