Logo

कोरोनाको महामारीमा घरमा पाहुना आए के गर्ने ?



काठमाडौं, २२ बैशाख । कोरोना भाइरसको डर जताँततै फैलिएको छ । नेपालमा दिनहुँ ७ हजार भन्दा बढी संक्रमित भइरहेका छन् । डरको बाबजुद पनि मानिसहरु एक अर्काको घरमा आउने जाने गर्छन् ।

नयाँ वर्ष लागेसँगै चाडपर्वहरु पनि नजिकिएका छन् । हामी सबैलाई आफ्ना प्रियजनसँग भेट्न मन लाग्नु स्वभाविक हो । यस्तो अवस्थामा कोही नातेदारको घरमा जान चाहान्छौ अर्थात जान्छौ भने सबै भन्दा पहिला कोभिड–१९ परीक्षण गर्नुपर्छ ।  पिसीआर परिक्षण पछि आएको नेगेटिभ रिपोर्ट पछि मात्र कतै जाने योजना बनाउनु पर्छ । सोही कुरा तपाईको घरमा आउने पाहुनामा पनि लागु हुनुपर्छ ।

यदि कसैको घरमा गएपछि वा तपाईको घरमा कोही आएपछि तातो अर्थात मनतातो पानी सेवन गर्नु र गराउनु पर्छ । चिसो चिजबाट टाढा रहनुपर्छ । तातो पानीको सेवन गरेमा बाटोमा कुनै प्रकारका भाइरस सम्पर्कमा आएपनि तातो पानीको सहयोगले खतरा कम हुन्छ ।

यसैगरी, सामाजिक दुरी पालना गर्नुपर्छ । नजिकै बसेर कुराकानी गर्न हुँदैन् । उचित दुरी कायम गर्नुपर्छ ।

सकेसम्म भित्र कोठामा बसेर कुरा नगर्ने । सम्भव भएसम्म छत तथा आँगनमा बसेर कुराकानी गर्नुपर्छ ।

मास्कको प्रयोग गर्नुपर्छ । आफ्नै घरमा त हो नी भनेर मास्क नगाउने विचार गर्नुहुँदैन । आफुसँग भएका अन्य व्यक्तिले मास्क लगाएको पनि ख्याल गर्नुपर्छ ।

घरमा आएका पाहुनालाई चिसो पद्वार्थहरु सेवन गर्न दिनु हुँदैन । यसको सट्टा अदुवा हालेको चिया खुवाउनु पर्छ । यसको साथै पाहुनालाई हर्बल टि पनि दिन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्