Logo

ढोरपाटन होटलमा बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ



काठमाडौं, २२ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय पुरुष पक्राउ परेका छन् । चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित ढोरपाटन होटलमा ललाई फकाई ती बालिकालाई लामाले लगेर २ दिनसम्म राखी पटक(पटक जजबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्