Logo

शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने अस्त्रः एमाले सांसद डाँगीको राजीनामा



काठमाडौं, २२ वैशाख । लुम्बिनी प्रदेश सभाका नेकपा एमालेका सांसद अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । दाङ क्षे नं २ ‘ख’ को प्रदेश सभामा प्रत्यक्ष निर्वाचित डाँगीले आज सभामुख पूर्णबहादुर घर्तीलाई राजीनामा बुझाएका हुन् ।

डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर हुन् । मुख्यमन्त्री शंकर पोखरेल पोखरेललाई स्पष्ट रुपमा अल्पमतमा पार्न उनले राजीनामा दिएको बुझिएको छ ।

नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचित ४१ सांसदसहित पोखरेल बहुमतमा थिए । बिमला खत्री माओवादीमा प्रवेश गरेपनि उनी सुर्य चिन्हबाट निर्वाचित भएको जिकिर गर्दै पोखरेलले बहुमत दाबी गरेका थिए । प्रदेशसभामा एमालेको अब ४० सदस्यसहित अल्मपत रहेको छ ।

संविधान अनुसार मुख्यमन्त्री पोखरेल अल्पमतमा परेपछि उनले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । उनले विश्वासको मत लिन नसके दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त सरकार निर्माण हुने बाटो खुल्नेछ ।

यसअघि प्रदेशसभामा पोखरेल एकल बहुमतको सरकारका रुपमा मुख्यमन्त्री नियुक्त गरिएका थिए । डाँगीको राजीनामासँगै उनको मुख्यमन्त्री पद धरापमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्