Logo

नेप्से ओरालो लाग्दा पनि यी कम्पनीको कारोबार उच्च



काठमाडौं, २२ बैशाख । आज नेप्से ५ अंकले ओरालो लागेको छ । ०.१९ प्रतिशत अर्थात ५ दशमलव ९ अंकले घटेर २६ सय ४९ दशमलव ६० विन्दुमा रोकिएको हो ।

आज सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स प्रोमोटरको कारोबार भएको छ । कम्पनीको ५ सय ५१ शे यर मुल्य कायम भई २३ करोड ६९ लाख भन्दा बढीको कारोवार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, एनआईसी एशिया लघुवित्तको २२ करोड ३६ लाख भन्दा धेरैको कारोबार भएको भने १८ सय ७३ प्रतिशेयर मुल्य कायम भएको छ । एनसीसी बैंकको पनि १९ करोड ४७ लाख भन्दा धेरैको आज शेयर कारोबार भएको छ । बैंकको ३६३ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्