Logo

देउवा फकाउँदै प्रधानमन्त्री ओली, बादललाई लिएर बुढानिलकण्ठमा



काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । आफूविरुद्ध विपक्षी गठबन्धन सक्रिय भएको बेला प्रधानमन्त्री ओलीले देउवालाई भेटेका हुन ।

उनले यही बैशाख २७ गते संसदमा विश्वासको मत लिने भएका छन् । तर, कांग्रेसले कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन नदिने र ओलीलाई असफल बनाउने निर्णय गरिसकेको छ ।

यही सन्दर्भमा छलफल गर्न ओली देउवा निवास पुगेको स्रोतको दाबी छ । देउवालाई भेट्न प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा लिएर बुढानिलकण्ठ पुगेका हुन् । छलफल सुरु भएको देउवाका स्वकिय सचिव भानु देउवाले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्