Logo

मालीकी महिलाबाट एकैपटक नौ शिशुको जन्म



एजेन्सी, २२ वैशाख । एकैपटक ५ वा ६ बच्चालाई जन्म दिएको घटना त सुनिएको छ । तर, मालीकी महिलाले एकैपटक ९ बच्चालाई जन्म दिएकी छिन् । सबै बच्चा स्वस्थ छन् ।

२५ वर्षीया हलिमा सिसेले ५ बालिका र ४ बालकलाई जन्म दिएकी हुन् । माली सरकारले उनको सुरक्षित प्रसुतीका लागि मोरक्को पठाएको थियो । मालीको स्वास्थ्यमन्त्रीले सबै बच्चा स्वस्थ रहेको जानकारी दिएका छन् ।

यसअघि सिसेको गर्भमा सात शिशु रहेको बताइएको थियो । यसले मालीमा निकै ठूलो चासो थियो । तर, ९ शिशुको जन्म भएपछि विश्वभर चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्