Logo

मणिपाल शिक्षण अस्पताल कोभिड अस्पतालमा रुपान्तरण हुँदै, आज मुचुल्का उठाईयो



काठमाडौं, २२ बैशाख । जनकपुरको मुझेलियामा रहेको मणिपाल शिक्षण अस्पताललाई कोभिड अस्पताल बनाईने भएको छ । यसको लागि आज सरोकारवाला निकायका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेर मुचुल्का उठाउने काम भएको छ । सामाजिक सञ्जाल फेशबकुमार्फत सिनियर डिभिजनल ईन्जिनियर भगवान झाले यस्तो जानकारी दिएका हुन् ।

उनले लेखेका छन्–‘प्रदेश सरकारको निर्देशनानुसार आज श्रीमान प्रमुख ज़िल्ला अधिकारी धनुषा र एसपी धनुषा संग समन्वय गरी जि.प्र.का. धनुषाका प्रशासकीय अधिकृत श्री यमन सुन्दर श्रेष्ठ, स्थानीय जनकपुर उपमहानगरपालिका १४ मुझेलियाका वडाअध्यक्ष श्री पुण्य प्रताप यादव, वडा सदस्य श्री उपेन्द्र बिमल साह, प्रहरी नायब निरीक्षक श्री श्रीनारायण पण्डित ,नागरिक समाजका श्री मुृरलीमनोहर मिश्र र संगमलाल राउतजी, वडा प्रहरी कार्यालय मुझेलिया, प्रहरी हबलदार दीपलाल यादव, मनिपाल शिक्षण अस्पताल व्यवस्थापनमा रहेका सेक्युरिटी कमाण्डर योगेन्द्र कार्की, बिबि लोपचन, कृष्ण कार्कीका साथै सामूहिक रूपमा स्थलगत निरीक्षण गरी अहिलेको विद्यमान अवस्थाको एसेटहरूको अवलोकन गरी एसेट लिस्टिङको कार्य र गर्नुपर्ने कार्यहरू छुट्याइयो र भोलिदेखि भवन र परिसर प्रहरीको जिम्मामा दिई कोभिडविशेष अस्पताल निर्माण पूर्वको व्यवस्थापन गरियो । सहयोगी सबैमा धन्यवाद ।’

उनले प्रदेश सरकारले जनताको स्वास्थ्यलाई सर्वोपरि ठानेर धेरै राम्रो र साहसिक कदम उठाएको पनि उल्लेख गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्