Logo

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुहुन्न, हाम्रो पार्टीले पनि मत दिने अवस्था छैन् : यादव (भिडिओसहित)



काठमाडौं, २२ बैशाख । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता, पूर्वमन्त्री तथा सांसद राजकिशोर यादवले जसपा कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।

यद्धपी उनले पार्टीभित्र को शक्तिमा पुग्ने ? र कसको लाईन पारित हुने ? भन्नेबारे विवाद रहेको स्विकारे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने सम्भावना नरहेको उनको दाबी छ । उनले भने, हामी सरकारमा जाने सम्भावना छैन् । अहिलेको परिस्थिति हेर्दा उहाँले विश्वासको मत प्राप्त गर्ने परिस्थिति म देख्दिन् । माओवादीले पनि आज समर्थन फिर्ता लिएको स्थिति छ । कांग्रेसले पनि विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीलाई असफल पार्ने भनिसकेको छ । हाम्रो दलले पनि विश्वासको मत दिने अवस्था देख्दिन् । एमालेभित्र पनि चरम विवाद छ । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनुहुन्न ।’ नेता यादवले पार्टीभित्र अहिले छलफल चलिरहेको सुनाए । अहिले एक दलले अर्को दललाई विश्वास गर्ने अवस्था नरहेको पनि तितो यथार्थ सुनाए ।



प्रतिक्रिया दिनुहोस्