Logo

लुम्बिनी प्रदेशमा कोरोना भयावह ६ सय स्वास्थ्यकर्मी थपिँदै



काठमाडौं, बैशाख २३ । लुम्बिनी प्रदेशका तराईका जिल्लामा कोरोना भाइरसको संक्रमणले त्राहिमामको अवस्था सिर्जना गरेको छ । संक्रमणको संख्या, मृत्युको दर हरेक दिन बढ्दो गएकाले लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना विशेष अस्पतालमा यी जनशक्ति अस्थायी रूपमा भर्ना गर्न लागिएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १ सय ८९ दरबन्दी थपिँदै छन्। त्यस्तै बेलझुन्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १ सय ७१, भेरी अस्पताल नेपालगन्जमा १ सय ५२ र भैरहवाको भीम अस्पतालमा ७१ दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा ३६ वटा एचडीयू बेड थप गरिएको छ। सरकारले कोभिड नियन्त्रण तथा उपचार कोषमा १० करोड थप गरेको छ। कोषमार्फत २० करोड खर्च भइसकेको छ। अस्पतालका बिरामीको उपचार, उपकरण, औषधि, स्वास्थ्यकर्मीको जोखिम भत्ता यसैमार्फत व्यवस्थापन हुने गरेको छ।

निजी अस्पतालमा हुने उपचारको शुल्कसमेत सरकारले तिरिदिने व्यवस्था गरिएको छ। नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्