Logo

देशभरको मौसम पूर्वानुमान कहाँ कस्तो रहला?



काठमाडौं, बैशाख २३ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएकाले न्यून चापीय स्थान तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव कायम रहेको छ। देशका पहाडी भू–भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहितको बर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, रातीसम्म देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।



प्रतिक्रिया दिनुहोस्