Logo

सुनको मुल्य बढ्यो, प्रतितोला कतिमा कारोबार ?



काठमाडौं, २३ बैशाख । बिहीबार आज नेपालमा सुनको मुल्य बढेको छ । बुधबार सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको आज ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा खदिद विक्रि भएको छ । त्यस्तै, हिजो ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९० हजार १ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

बिहीबार चाँदीको मुल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा खरिदविक्रि भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्