मितेरी बैकको लाभांश बुझ्न शेयरधनीलाई आग्रह


काठमाडौं, २३ बैशाख । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश बुझ्न अनुरोध गरेको छ । आज एक सुचना प्रकाशित गर्दै बैंकले ३० दिन भित्र ०६७/६८ र ०६९/७० को लाभांश बुझिलिन आग्रह गरेको हो ।

लाभांश लिन बाँकी शेयरधनीहरुलाई केन्द्रिय कार्यालय धरानको शाखा कार्यालयमा सम्र्पक गर्न पनि बैंकले आग्रह गरेको छ । ०६७÷६८ आवमा बैंकले १०.५३ प्रतिशत र ०६९÷७० आवमा २० प्रतिशत बोनस वितरण गरको थियो ।