Logo

प्रधानमन्त्री ओलीले कांग्रेससँग मिलेर सरकार चलाउन अनुनयविनय गरेको भन्दै भीम रावल आक्रोशित



काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकालाई लिएर आलोचना गरेका छन् । रावलले प्रधानमन्त्री ओलील्े दलमा विधान मिच्दै निरंकुश रुपमा नेता तथा सांसदहरुलाई स्पष्टीकरण सोधेको र कारबाही गरेको उल्लेख गरेका छन् ।

पार्टीमा कुनै छलफल÷परामर्श नगरेको तर विपक्षी दलसँग् समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गरेको भन्दै त्यसलाई अनैतिक र गैरजिम्मेवार चरित्रको संज्ञा दिएका छन् । उनले ओलीको यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले लेखेका छन्–‘प्रमं केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कार्वाई गर्नु र कुनै छलफल-परामर्श नगर्नु तर विपक्षी दलसंग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ।’



प्रतिक्रिया दिनुहोस्