Logo

प्रभु इन्स्योरेन्सले बैशाख २६ देखि बुक क्लोज गर्ने



काठमाडौं, २३ बैशाख । प्रभु इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ बैशाख २६ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जेठ ६ गते हुने सभाको लागि संस्थाले २६ गतेदेखि बुक क्लोज गर्ने भएको हो ।

संस्थाले आजसम्म कायम भएका शेयरधनीहरुले मात्रै लांभाश र सभामा सहभागी हुन सक्ने जनाएको छ । संस्थाको सभाले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत कर प्रयोजनको लागि हुन आउने ५५ लाख ५९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्