Logo

एमाले स्थायी कमिटी बैठक सम्पन्न, राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतबारे छलफल



काठमाडौं, २३ बैशाख । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा अब हुन गैरहेको राष्ट्रियसभाको उपनिर्वाचनबारे र प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको बारेमा मात्रै छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने,‘हुन गैरहेको राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल भयो, प्रधानमन्त्रीज्यूले नेकपा एमालेका उम्मेद्धवारलाई जिताउनेगरि तयारी गर्नेगरि विभिन्न सुझाव लिनुभएको छ । हामीले जनप्रतिनिधिहरु र मतदातासँग कुराकानी गर्ने भनेका छौं । अब उम्मेद्धवारबारे छिट्टै तय लाग्छ । आजको बैठकमा विश्वासको मतको सन्दर्भबारे छलफल गरेका छौं ”

विश्वासको मत प्राप्त हुन्छ ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्