Logo

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा



काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीको स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास प्रस्थान गरेका हुन् ।

एमाले स्थायी कमिटी बैठक सम्पन्न, राष्ट्रियसभाको उपनिर्वाचन र विश्वासको मतबारे छलफल

प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । त्यसको लागि उनले हिजोमात्रै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग भेटेर आफूलाई मत दिन आग्रह गरिसकेका छन् । तर, कांग्रेसले भने अहिले विश्वासको मत दिन नसकिने जवाफ दिएको थियो । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्