Logo

१२ किलो गाँजासहित तीन युवक पक्राउ



लहान, २३ बैशाख: गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका ११ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले १२ किलोग्राम लागुऔषध गाँजासहित धनगढीमाई नगरपालिका १३ निवासी २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादवलाई पक्राउ गरेको हो ।

प्रहरीले धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोमा मोटरसाइकल जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार तीनै जनाको साथबाट गाँजा ब मद् भएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहान सिरहाका प्रहरी नायब उपरिक्षक डा. तपनकुमार दाहालले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्