Logo

आइसियु र भेन्टिलेटर अभाव छैन : यस्तो छ सातै प्रदेशको तथ्याङ्क



वैशाख २३, काठमाण्डौ । अहिले नेपालमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेसँगै अस्पतालहरुमा आइसियु र भेन्टिलेटरको अभाव चुलिएको भनिएको छ । तर सरकारी तथ्याङ्कलाई पत्याउने हो भने अहिले नै आइसियु र भेन्टिलेटरको अभाव भैसकेको छैन । सात वटै प्रदेशमा आइसियु र भेन्टिलेटर खाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

विहिबारसम्मको सरकारी तथ्याङ्कअनुसार देशभर १ हजार ४ सय २३ वटा आइसियु बेड खाली रहेको छ । त्यसैगरी ५ सय ८३ वटा भेन्टिलेटर उपलब्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
सरकारी तथ्याङ्कअनुसार प्रदेश एकमा ९९ जना आइसियुमा छन् भने १ सय ३४ वटा बेड खाली रहेको छ । त्यस्तै यो प्रदेशमा २० जना संक्रमितमको भेन्टिलेटरमा उपचार भइरहेको छ भने अझै ७१ वटा भेन्टिलेटर खाली छन् ।

प्रदेश दुईमा २४ जना आइसियुमा उपचार गराइरहेका छन् भन ५० वटा आइसियु बेड खाली छन् । त्यस्तै कूल २७ वटा भेन्टिलेटर रहेकोमा २५ वटा खाली नै छन् ।
बागमति प्रदेशमा कूल १ हजार ४८ वटा आइसियु बेड रहेकोमा अहिले ३ सय १ जनाको उपचार भइरहेको र ७ सय ४७ जना बेड खाली रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ । बागमतिमा ८८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ३ सय १६ वटा भेन्टिलेटर तयारी अवस्थामा छन् ।

लुम्बिनी प्रदेशमा अहिले ७६ जना आइसियुमा छन् भने १ सय १४ वटा आइसियु बेड खाली रहेको छ । यो प्रदेशमा २३ जना भेन्टिलेटरमा छन् भने ६१ व्टा भेन्टिलेटर खाली छन् ।
कर्णाली प्रदेशमा अहिले ३३ जनाको आइसीयुमा उपचार भइरहेको छ भने ५५ वटा बेड खाली छन् । त्यसैगरी १० जनाको भेनिटलेटरमा उपचार भइरहेको र २० वटा भेन्टिलेटर खाली रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सुदुरपश्चिम प्रदेशमा २३ जना संक्रमित आइसियुमा छन् भने ४३ वटा आइसियु बेड खाली छ । यो प्रदेशमा कूल ३४ वटा भेन्टिलेटर रहेकोमा २३ वटा खाली रहेका छन् ।

यसरी मन्त्रालयको तथ्याङ्कलाई विश्वास गर्ने हो भने सात वटै प्रदेशमा आइसियु र भेन्टिलेटर अभाव देखिदैन । तर संक्रमितहरुले किन उपचार सहजै पाएका छैनन् ? यो विषयमा सरकारले छानविन गर्नु जरुरी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot