Logo

कोरोना महामारीमा दमका बिरामीले अपनाउनुपर्ने यस्ता सावधानी



एजेन्सी, २३ बैशाख । विश्व कोरोना भाइरसको संक्रमणले ग्रस्त छ । दिनहुँ हजारौ मानिसहरुले संक्रमणबाट ज्यान गुमाएका छन् । संकटको यस्तो समयमा चिसोबाट जोगिनु पर्छ । कोरोना संक्रमणबाट जोगिन दमका बिरामीहरुले विशेष ध्यान दिनुपर्छ ।

दम यस्तो एक रोग हो जसमा सासको नली फुलिन्छ । सास फुलिएकै कारण सास फेर्नमा गाह्रो हुन्छ । यसले सासको नलीमा थप म्युकस बनाएको हुन्छ । सास लिन गाह्रो हुँदा खोकी लाग्छ र नलि संकुचित हुँदा दम फुल्छ ।

कारोनाको महामारीमा दमका बिरामीहरुले निम्न सावधानी अपनाउनुपर्छ ।

यस समयमा सन्तुलित र पौष्टिक आहार खानुपर्छ । फलफुल तथा हरियो तरकारीको सेवन गर्नुपर्छ । बदलिदो मौसममा एलर्जीको खतरा बढ्न सक्ने भएकोले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।

चिसो र खोकी आउने जस्ता वस्तुहरुबाट टाढा बस्नुपर्छ ।

सर–सफाईमा विशेष ध्यान राख्ने, तपाई जे छुनुहुन्छ त्यो वस्तुहरुलाई सफा गरिराख्नुपर्छ । जस्तो– मोवाइल, ल्यापटप, टिभि, रिमोट आदी

सास फेर्न ग्राहो पार्ने चिजहरु टाढा राख्ने

धुम्रपानबाट टाढा रहने

तनावरहित हुने प्रयास गर्ने

ध्यानको अभ्यास गर्ने । जसबाट मानसिक र शारीरीक दुवै तरिकाबाट स्वस्थ हुन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्