Logo

लुभुको जात्रा स्थगित



ललितपुर, २३ वैशाख । लुभुको महालक्ष्मी महाभैरवको जात्रा स्थगित भएको छ । कोरोना भाइरसको महामारीलाई दृष्टिगत गरी जात्रा स्थगत गरिएको श्री महालक्ष्मी महाभैरव गुठी व्यवस्थापन समितिका सचिव नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

सरकारले निषेधाज्ञा जारी गरेको र महामारी पनि फैलिइरहेको अवस्थालाई दृष्टिगत गरी जात्रा स्थगत गरिएको श्रेष्ठले जानकारी दिए । लुभुमा प्रत्येक वर्ष महालक्ष्मी महाभैरवको जात्रा आयोजना हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्